Nepal Flag
"Would you Like to Post any thing related to This blog you can send E-mail to me milantamang90.mt@gmail.com"तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः milantamang90.mt@gmail.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

नयनहरु.....



पुस्तकका पानापानामा

भविस्यको खोजि गरिरहेका मेरा नयनहरु
पहिलो जम्का भेटमै
एकोहोरिएर नियाल्छन्
अरु दुई नयनहरुलाई
जुन नयनहरुबाट पराबर्तित हुन्छ
मेरो आफ्नै प्रतिबिम्ब
हासो र मुस्कान अनि आत्मिय भाव
किन किन नयनहरु स्थिर भएर कुरा गर्छन्
शब्दबिहिन, भावबिहिन तर घण्टौसम्म



साधकले अगाडि रहेको दीपलाई
लगातार नियालिरहेपछि
ढकनिले ढाकिएका थकित थकित नयनहरुले पनि
त्यही दीप देखेझै
अब त यी नयनहरुपनि
पुस्तकका पानापानामा
तिनै नयनहरु देख्दछन्
बाले भनेको सम्झन्छु
“तेरो सुन्दर भविश्य
पुस्तकका पानापानामा छ
राम्ररी खोजेस् ।”
पक्का मेरो भविश्य तिनै नयनहरु हुन्
नत्र किन भेट्छु पुस्तकका पानापानामा
सम्झौता गर्छु ती नयनहरुसंग
एक अर्काको भविश्यको रुपमा

तर अचानक ती नयनहरु
मबाट खोसिन लाग्छन्
दुनियामा ती नयनहरु रोज्ने
अन्य धेरै नयनहरु पनि रहेछन्
बिकल्प एउटै भेटिन्छ
खोसिन लागेका नयनहरुलाई
आफ्नो पेवाँ पारी
दुनियाको नजरबाट लुकाउने
मेरो कर्तब्य पनि त त्यही हो
आखिर त्यसै गरियो


त्यसपछि त झन् मेरा दुई नयनहरुमा
अभावै अभावको बादल मडारिन थाल्यो
ती दुई नयनहरुमा पनि त
हजारौ ईच्छा र आकाक्षाको
बादल मडारिईरहेकै थियो
एक आपसमा जुधिरहेका नयनहरुमा
दुबै बादलको ठक्कर लाग्यो
परिणामश्वरुप
हाम्रा चारै नयनहरुमा
बिशाल झरी पर्यो
परेलिको बाद तोडेर
गालाहरु थथर्काउदै
ओठहरुमा कम्पन ल्याउदै
अश्रु भेल झर्यो, बर्खे भेल


त्यही भेलले गर्दा
पहिरो चल्यो बिशाल पहिरो
बिद्दा सागरतिर बगिरहेको जीवन
पहिरोको माटोले थुनियो
अनि बग्न थाल्यो धनसागरतिर
आखिर महाशागरमा पुग्नुपर्ने
मेरो जीवन एउटा सानो
पोखरीमा मिसियो
अनि बिलायो
जीवन एउटा पोखरीमा हरायो
नयनहरु त्यही पोखरीमा
पानीको थोपाहरुझै
टलपल टलपल टल्कदै
मेरो भविश्य खोजिरहेथे
नयनहरु................।

                     झुम्का, सुनसरी
   –तोषल दाहाल “अल्पभाषी”

0 comments for "नयनहरु....."

Leave a reply

Sorry

Right Side Ads300x250

Enter your email address:

Would UYou Like To Search On This Blog

Milan Tamang's Blog भ्रमण गर्नु भएकोमा यहाँहरु लाई मुरी-मुरी धन्यवाद् छ। कृपया फेरिपनी Milan Tamang's Blog चियाउदै गर्नुहोला। तपाईंको दिनहरु सधैं शुभ-रहोस्। धन्यवाद् ।

Contributors

Most Popular

Popular Posts

Tag Cloud

Recent News