Nepal Flag
"Would you Like to Post any thing related to This blog you can send E-mail to me milantamang90.mt@gmail.com"तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः milantamang90.mt@gmail.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

How to install old program on windows 7




Windows 7 मा अक्सर पुरानो Windows सँस्करण (जस्तै: Windows XP) को लागि बनेका Software Install गर्नमा समस्या आएको गुनासो सुनिन्छ । यस्तोमा एउटा सजिलो तरिका प्रयोग गरेर पुरानो Software वा Driver हरु Windows 7 मा install गर्न सकिन्छ । यो तरिका बारे जानकारी लिउं, Windows 7 मा एउटा थपिएको सुबिधा बारे धेरैलाई जानकारी नभएको हुन सक्छ त्यो हो Troubleshoot Compatibility जसको प्रयोग गरेर यो काम सजिलै सम्पन्न गर्न सकिन्छ ।

तपाईंले जुन Software वा Driver Install गर्न चाहनु भएको छ त्यसको Setup फाइलमा राईट क्लिक गर्नुहोस् , त्यहा देखिएका Option हरुमा तपाईंले Troubleshoot Compatibility पनि देख्न सक्नु हुनेछ त्यसमा क्लिक गर्नुहोस् ।

अब एउटा नयाँ Window खुल्नेछ जसमा Compatibility Detect गरिनेछ । यो प्रकृयामा केही क्ष्यण लाग्नेछ, केही बेर पर्खिनुहोस् जब यो प्रकृया पुरा हुनेछ तपाईंले यस्तो Window खुलेको पाउनु हुनेछ ।


यहाँ २ वटा Option हुन्छ, पहिलो Option Try Recommended Settings मा क्लिक गर्नुहोस् ।
यो गरिसके पछि तपाईंलाई जानकारी दिईनेछ कि तपाईंले जुन प्रोग्राम install गर्न खोज्नु हुँदैछ त्यो कुन windows संस्करणको लागि उपयुक्त छ ।


यो Window मा Start The Program बटनमा क्लिक गर्नुहोस् , तपाईंको प्रोग्राम सजिलै Install हुनेछ ।

जब program install भईसक्नेछ फेरी एउटा Program Compatibility window खुल्नेछ त्यसमा ३ वटा बिकल्प हुनेछ । जस्तै :


यदि तपाईंको Program Install भईसकेको छ र फेरी यस्तै program हरु Install गर्नु पर्ने छ र Troubleshoot Compatibility को प्रकृया दोहर्याउनु नपरोस भन्ने चाहनु हुन्छ भने Yes, Save these settings for this program बिकल्पमा क्लिक गरी यि प्रकृयालाई सुरक्षित गरिदिनुहोस् र उक्त Window लाई बन्द गरिदिनुहोस् ।

नोट: यसरी तपाईंले आफ्नो पुराना software वा प्रिन्टर Driver हरु Windows 7 मा Install गर्न सक्नु हुनेछ तर जहाँ सम्म सम्भब नयाँ Windows 7 को लागि बनेकै software वा Driver हरु नै उपयोग गर्नु उचित हुन्छ पुराना Antivirus, Disk Utility program वा अरु system related program हरु यो तरिका अपनाएर install नगर्नु नै उचित हुन्छ किनकी यसले तपाईंको कम्प्युटरलाई हानी पुर्याउन सक्छ साथसाथै .msi एक्सटेंशन भएका program हरुमा यो तरिकाले काम गर्दैन

0 comments for "How to install old program on windows 7"

Leave a reply

Sorry

Right Side Ads300x250

Enter your email address:

Would UYou Like To Search On This Blog

Milan Tamang's Blog भ्रमण गर्नु भएकोमा यहाँहरु लाई मुरी-मुरी धन्यवाद् छ। कृपया फेरिपनी Milan Tamang's Blog चियाउदै गर्नुहोला। तपाईंको दिनहरु सधैं शुभ-रहोस्। धन्यवाद् ।

Contributors

Most Popular

Popular Posts

Tag Cloud

Recent News